केसीका समर्थकहरु आक्रामक रुपमा प्रस्तुत हुँदा डिएसपीसहित १४ जना प्रहरी घाइते

policeghaite

 काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरु आक्रामक रुपमा प्रस्तुत हुँदा डिएसपीसहित १४ जना प्रहरी घाइते भएका छन् । कांग्रेस कार्यकर्ताको आक्रमणमा परी बानेश्वरमा दरबारमार्गका प्रहरी प्रमुख डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका हुन ।

 घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । एक्कासी आक्रमणमा उत्रिएपछि प्रहरीले जवाफी कार्वाही गर्दा प्रदर्शनकारीतर्फसमेत घाइते भएका छन । आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले पार्किङमा राखेको सरकारी सवारी साधनदेखि निजी घर र होटलमा समेत ढुंगा प्रहार गरी क्षती पुर्याएको प्रहरीले जनाएको छ । 

डाक्टर केसीको जीवन रक्षाको नारा दिँदै कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मी, पार्किङमा राखिएको निजी घरलाई निसाना बनाएका हुन । प्रदर्शनकारीले अन्धानधुन्ध आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

 

 

Comments

Top