केसीको अनसनले उपचार नपाउँदा विराटनगरमा अबोध बालकको मृत्‍यु

gobinda cc balak

 मोरङ  । डा. गोविन्द केसीको अनसनका कारण समयमै उपचार नपाउँदा विराटनगरमा एक अबोध बालकले ज्यान गुमाउनु परेको छ । ति बालकको फोटो  फेसबुकमा एउटा फोटो भाइरल बनेको छ । मोरङ जिल्ला लेटाङ न पा ३ बस्ने दुर्गा लम्सालको ११ महिनाको छोरा कास्मिर लम्सालको केसीको नाममा भएको अस्पतालको हडतालले ज्यान गएको हो । 

 बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याएको भए पनि ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा अबोध बालकको मृत्‍यु भएको हो । जसका कारण धेरैले हड्तालको निन्दा गरेका छन ।

 निमोनिया देखिएको बालकलाई उपचारका लागि अस्पताल लगेपनि उनले सामान्य उपचारसमेत नपाउँदा ज्यान गएको परिवारले जनाएको छ ।  सामाजिक सञ्जालमा हजारौँले उनको फोटो सेयर गर्दै अब कति जनाले  केसीका लागि बलिदानी गरिदिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन ।

Comments

Top