कांग्रेस गोविन्द केसीलाई मारेर लासको राजनीति गर्न चाहन्छ : प्रचण्ड

prahane

 काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसले डा. गोविन्द केसीलाई मारेर लासको राजनीति गर्न चाहेको आरोप लगाएका छन् ।

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले केसीको जीवनरक्षा लागि पहल गरेको तर तथाकथित लोकतान्त्रिक भन्नेहरुले मरोस् भन्ने चाहेको टिप्पणी गरे ।

 काँग्रेसले गोविन्द केसीको पुच्छर समातेर लोकतान्त्रिक गणतन्त्रलाई हरणा खोजेको बताए । ‘नेपाली काँग्रेसले खोज्या चाहीँ के हो ? नेपाली काँग्रेस आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्नुपर्ने ठाउँमा पुगिसक्या हो ?’, प्रचण्डले थपे, काँग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डाविहिन, यति अलोकतान्त्रिक भइसक्या हो ? यदि हो भने यो भन्दा ठूलो विडम्वना केही हुन सक्दैन ।’यस्तै अवस्था रहे काँग्रेस इतिहासको विषय बन्न धेरै समय नलाग्ने प्रचण्डको टिप्पणी छ ।

Comments

Top