केसीको आन्दोलनप्रति प्रधानमन्त्रीले भने - सडकमा गेरु बस्त्र लगाउने देखि ठाडो चन्दन लगाएका देखिन्छन

olin

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोजेको आरोप लगाएका छन् । डा.केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

 पुष्पलाल स्मृति दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गरे । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए ।

 प्रधानमन्त्रीले भने, ‘सडक हेर्नुभयो भने किसिम किसिमका मान्छेहरु छन् । कोही गेरु बस्त्रमा देखिन्छन्, कोही ठाडो चन्दन लगाएको छ । मुसा खाने जस्तो कोही देखिँदैनन् ।’सर्वोच्च न्यायिक निकायमा बसेकाहरुले समेत निषेधाज्ञा तोड्न पुगेको भन्दै उनले कटाक्ष गरे । प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका नाममा डाक्टरहरुले हुलहुज्जत गरेको आरोप लगाए ।प्रधानमन्त्री ओलीले सम्बोधनको धेरै समय कांग्रेसको आलोचना गरे ।प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउम्याउ नीतिका कारण तराई डुवानमा परेको आरोप लगाए । 

Comments

Top