प्रचण्डलाई ब्यक्तित्वको उचाई र पृष्ठभुमि सम्झिन भन्दै विश्वप्रकाशले दिए चेतावनी

bishopk

 काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आरोपप्रति कडा शब्दमा प्रतिबाद गरेका छन् । ट्वीटरमार्फत प्रवक्ता शर्माले कांग्रेसलाई लासको राजनीतिसँग जोड्नुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि सम्झन आग्रह गरे। 

 शर्माले भने - ' डा केसिले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं …माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? `लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड ।'

 कम्युनिस्ट नेता पुष्पलालको ४० औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले डा गोविन्द केसीको विषय उठाएर काँग्रेसले लासको राजनीति गरेको आरोप लगाएका थिए।

Comments

Top