एनसीसी बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स

nccn

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आज सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने छ ।

 सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छ्न् । 

Comments

Top