आफूले खनेको खाल्डोमा यसरी पर्दैछन् कानुनमन्त्री तामाङ, आजै राजिनामा दिने तयारी

sher bahadur tamang

  काठमाडौं । विदेशमा अध्ययनरत विद्यार्थीहरुको विषयमा विवादित अभिव्यक्ति दिएर आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ आफैले खनेको खाल्डोमा पर्ने भएका छन् । सोहि कारण उनले आजै पदबाट राजीनामा दिने तयारी गरिरहेको स्रोतले बतायो । उनीमाथि पार्टीबाट नै राजीनामा दिन दवाव परेपछि उनले आज दिउसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने समेत तयारी गरेका छन् ।

कानुनमन्त्री तामाङले केही दिन अघि एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो।

सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेपापाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए।

Comments

Top