सिडिओ र सहसचिवहरुको सरुवा, सुन काण्डको समितीमा रहेका पौडेल अध्यागमन विभागमा

griha

 काठमाडौं  । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) र सहसचिवहरुको सरुवा गरेको छ । सुन काण्डको छानविन समितीमा रहेका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभाग काठमाडौंमा सरुवा गरिएको छ ।

 काठमाडौंको नयाँ  सिडिओको रुपमा रामप्रसाद आचार्य आएका छन् । ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीको सरुवा भएको छ ।

ddd

Comments

Top