ग्रेस हेटौँडा एजुकेशन कन्सल्टेन्सीका संचालक सहित ६ जना पक्राउ

gracehetauda

 हेटौँडा । शिक्षा मन्त्रालयबाट स्विकृति नलिई परामर्श सेवा दिंदै आएका ६ वटा एजुकेशन कन्सलटेन्सीका संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडामा रहेको जापानिज भाषा पढाउने ह्यान्ड्स् फर हेल्प एजुकेशन माईग्रेसन सेन्टरका संचालक अरुण बर्तौला, साईराईज हाई एजुकेसनका संचालक रुशन लुईटेल,नेक्स्ट प्वाईन्ट एजुकेशन कन्सल्टेन्सीका संचालक केशवराज सेढाई,सगरमाथा एकेडेमी फाउण्डेशन अफ एजुकेशन कन्सल्टेन्सीका संचालक दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।

 उनीहरुले शिक्षा मन्त्रालयको स्विकृति समेत नलिई सेन्टर सञ्चालन गरेको  खुलेको छ । नेक्स्ट प्वाईन्टले शिक्षा मन्त्रालयको स्विकृति नलिएको र सगरमाथाले शिक्षा मन्त्रालयबाट स्विकृति नलिनुका साथै ट्युशन सेन्टरको रुपमा सञ्चालित भएको र दर्ता गर्दा कन्सल्टेन्सी उल्लेख भएको प्रहरीले जनाएको छ  ।  जेनिथ फाउण्डेशनका संचालक दिपक घिमिरे र  ग्रेस हेटौँडा एजुकेशन कन्सल्टेन्सीका संचालक उत्तम अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । ती दुबै संस्थाले शिक्षा मन्त्रालयको स्विकृति नलिई परामर्श र भिशा सम्बन्धी  काम गरेको प्रहरीको भनाइ छ  ।

 उनीहरुले अबैध रुपमा शैक्षिक परामर्श, भाषा शिक्षा केन्द्र, ट्युसन तथा कोचिङ केन्द्रहरु खोली कार्य गरिरहेको प्रहरीले जनाएको छ  । अध्ययन भिसामा पठाई बिभिन्न देशहरुमा राम्रो काम पाउने र राम्रो काममा लगाईदिने भनी प्रलोभन दिएर युवा युवतीहरुलाई उच्च दर रेटमा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले दाबी गरेको छ । प्रहरीले पक्राउ गरेकाहरुलाई  ठगिमा मुद्दा चलाउने जनाएको छ ।

Comments

Top