पक्राउ परेका चिकित्सकहरुको पुलिस क्लबभित्रै धर्ना

aandolan

  काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० बढीलाई टिचिङबाट नियन्त्रणमा लिएको छ। सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अहिले उनीहरू क्लबमै अनसन सुरू गरेका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजंगबाट जुलुससहित बालुवाटार जाँदै गरेका बेला प्रहरीले उनीहरूलाई रोकेको थियो। बालुवाटार जान नदिएपछि उनीहरूलाई गेटबाटै प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियो।

Comments

Top