केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता बालुवाटरमा शुरु

Gobinda-KC

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा विगत २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता शुरु भएको छ । केसीका माग सम्बोधन गर्न बालुवाटारमा वार्ता सुरू भएको हो। ।

शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी–सरकार वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

त्यसलगत्तै बुधबार राति प्रधानमन्त्री ओलीले डा. केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए। ओलीले वार्ता टोलीका सदस्यहरुलाई डा. केसीले उठाएका २२ वटै मागमा रातभरिमा विस्तृत छलफल गरेर बिहीबार बिहान त्यसको निचोड आफूसमक्ष पेश गर्न निर्देशन दिएका थिए।

रातभरिको छलफलको निचोडपछि प्रधानमन्त्री ओलीआज माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतसँग बिहान थप छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आजै सहमति हुन सक्ने देखिन्छ ।

Comments

Top