केसीको उपचारको जिम्मा प्रधानमन्त्रीका निजी चिकित्सकलाई, नाै सदस्सिय टाेली गठन

gk helth

  काठमाडौं । २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले नौ सदस्सिय चिकित्सक टोली गठन गरेको छ । सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।

शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेकी छन् । उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप–प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।

Comments

Top