सरकारी गाडीको चरम दुरुपयोग

marsurammegha

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सत्ताको दुरुपयोग गर्ने क्रम रोकिएको छैन । नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओलीले सुशानको नारा दिनदिनै लगाउने गरेका छन् । तर, उनकै मन्त्री र नेताहरुले अख्तियारी दुरुपयोग गरिरहेकै छन् ।

 सत्ताको आडमा नेकपाका नेता एवम् राष्ट्रिय सभाका सांसद परशुराम मेघी गुरुङले सरकारी गाडी दुरुपयोग गर्दै आएका छन् । विगत चार महिनादेखि गुरुङले संसद सचिवालयको बा१झ ८५०८ नम्बरको गाडी चढ्दै आएका हुन् ।

 जुन हैसियतले सांसद गुरुङले सरकारी गाडी पाएका थिए, त्यो पद नै गुमेपछि नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने हो ।पार्टी एकीकरण पछि उनको पद छैन । सांसद गुरुङले सबै कुरा लत्याएर गाडी चढेको संसद सचिवालयका एकजना कर्मचारीले उल्लेख गरे ।

 सभामुख कृष्णबहादुर महराले संसद सचिवालयको गाडी दुरुपयोग गर्न नदिने यसअघि नै जनाइसकेका छन् ।  तर, महरा आफैले पाँच वटा गाडी प्रयोग गरिरहेका कारण आफ्नै दलको सांसदलाई गाडी फिर्ता गर भनेर भन्न सक्दैनन् । नैतिकताका आधारमा पदमै नभएका गुरुङले गाडी फिर्ता नगरेकोमा संसद सचिवालयका कर्मचारीहरु समेत आश्चर्य चकित परेका छन् ।

Comments

Top