त्रिसुलीमा बस खस्दा मृत्यु हुनेको संख्या सातको पुग्यो

bus accident

  काठमाडाौं । राजधानीबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ । बाँकी २३ घाइतेमध्ये चार जनाको अवस्था रहेको पनि चितवन प्रहरीले जनाएको छ । उनीहरुको चितवनस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

चार जनाको घटनास्थलमै ज्यान गएको हो भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु् हुनहरुमा पाल्पा बेगनासकालिकाका र्जुन न्यौपाने, तनहुँ भानुका सुमित श्रेष्ठ, कमला श्रेष्ठ र बाबुराम तिवारी, काठमाडौंका रविन गुरुङ तथा नाम नखुलेका एक बालक र एक महिला रहेका छन् ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

 

Comments

Top