घोषणाको तीन वर्षपछि भारतले दियो २५ मध्ये २ अर्ब अनुदान

india cheque

   काठमाडौं । २०७२ सालको भूकम्पपछि भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको अनुदान सहयोग तीन वर्ष पछि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भारतले पहिलो किस्तबापत आज २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो ।

शुक्रबार भारतीय राजदुत मञ्जिव सिंह पुरीले पहिलो किस्ताको बराबरको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बरबरको सहयोगको घोषणा गरेको थियो । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको छ थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ ।

भारतले दिएको रकम नुवाकेट र गोरखामा व्यक्तिगत आवास निर्माण प्रयोजनमा खर्च गरिने प्राधिकरणले जनाएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरेको थियो ।

Comments

Top