अख्तियारको फन्दामा यसरी परे इन्जिनियर दम्पत्ती

ciaan

बुटवल । ३६ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय बुटवलका प्रमुख डिभिजन इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेकी छन् । विशेष सूचनाका आधारमा आयोगले उनलाई श्रीमतीसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई भैरहवाबाट शनिबार दिउँसो पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो । बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ । ठाकुरको श्रीमतीलाई भने हैटौडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगंजस्थित घरमा जाने क्रममा बाटैमा उनी पक्राउ परेकी हुन् ।

सडक निर्माणको बिल भुक्तानीका लागि उनले ठेकदारसँग मोटो रकम असुलेको बताइएको छ । कुन सडकको रकम भने प्रमुख आचार्यले स्पष्ट खुलाएन् । प्रमुख आचार्यले उनीहरुमाथि थप अनुसन्धान चलिरहेको बताए ।

Comments

Top