इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, १० जनाको मृत्यु

indo

  काठमाडौं । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । पर्यटकीय क्षेत्र लोमबोकलाई केन्द्रविन्द बनाएर आज विहान भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ । अहिलेसम्म कति घाइते भए भन्ने बारेमा पूरा विवरण आएको छैन ।

Comments

Top