डिएलएको अध्यक्षमा सिटौला निकट अधिकारी निर्वाचित

yogendra adhikari

  काठमाडौं । नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) को अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन् । नवलपुरको गैंडाकोटमा आइतबार भएको महाधिवेशनले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आईतबार भएको निर्वाचनमा अधिकारीले ४३२ मत पाएका थिए भने  उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता सीताराम केसीले ३३४ मत पाए । त्यसैगरी अध्यक्षका अर्का उम्मेद्वार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले ४२ मत पाए । निर्वाचित अधिकारी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । पार्टीका सभापति तथा बरिष्ठ नेता निकटका उम्मेद्वारलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस निकट अधिवक्ताहरूको राष्ट्रिय संगठन डिएलएको महाधिवेशनले पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । एशोसियसनको महासचिवमा अधिवक्ता लक्ष्मीदेवी रावल २३५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता कृष्ण घिमिरे भूषणले २०८ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुरेश पौडेल, महिला उपाध्यक्षमा वरिष्ठ अधिवक्ता डा. सुस्मा बराल बास्कोटा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा विष्णु बस्याल, कोषाध्यक्षमा दुर्गा खतिवडा, प्रदेश नम्बर–३ को उपाध्यक्षमा अधिवक्ता राजु कट्वाल निर्वाचित भएका छन् ।

Comments

Top