एदालाई अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रथम पुरस्कार

yada

   काठमाडौं । नेपाली एक छात्राले अमेरिकामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ विधामा पहिलो पुरस्कार हात पारेकी छिन् । अन्तर्राष्ट्रियस्तरको इमाजिन कप– २०१८ अन्तर्गत उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ विधामा पहिलो पुरस्कार हात पारेकी छिन् । विभिन्न देशका ४८ टिमका सहभागीलाई पछि पार्दै उनले यो पुरस्कार हात पारेकी हुन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेस्रो वर्षमा अध्ययनरत एदा रिजालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को पुरस्कार जितेकी हुन् ।

उनीसहित अन्य दुई साथीको टिमले इमाजिन कप २०१८ अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा पहिलो भए बापत १५ हजार अमेरिकी डलर समेत पाएका छन् ।

एदा र उनका साथीहरुको टिमले मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका पाएका थिए ।

Comments

Top