जनजातिमाथि निरंकुश बन्यो नेकपा

kpolisarkar

  प्रधानमन्त्री केपी शर्मा ओलीले जनजाति पृष्ठभूमिका मन्त्री शेरबहादुर तामाङलाई हटाएर ठूलो अन्याय गरेका छन् । तामाङले बंगलादेशमा अध्ययनरत छात्रामाथि लगाएको आरोप आफैमा गम्भीर छ । तर, तामाङलाई हटाउँदै गर्दा ओलीले अरु मन्त्रीहरूलाई भने क्षमा दिए ।

लालबाबु पण्डित, रविन्द्र अधिकारी, रघुवीर महासेठ, गोकुल बास्कोटा जस्ता विवादास्पद मन्त्रीहरूलाई क्षमा दिएका छन् । तामाङ जनजातिकै छोरो भएका कारण ओलीले मन्त्री पदबाट हटाएको भनेर आलोचना भएको छ । अरुभन्दा सिधा मानिने मन्त्री तामाङले छात्रामाथि दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा माफी मागेका थिए ।

तामाङलाई ओलीले क्षमा दिएनन् । तामाङमाथि ओलीले आफ्नो निरंकुश शैली देखाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आदिवासी जनजातिविरुद्ध कति विभेदकारी छ भन्ने कुराको स्पष्ट संकेत तामाङको राजीनामाले देखाएको छ ।

हुन त कम्युनिस्ट सरकारका मन्त्रीहरूले दुई तिहाईको दम्भ देखाउनुको कारणले पनि यो अवस्था आएको हो । जनताले दिएको म्याण्डेटलाई दम्भका रुपमा प्रस्तुत गर्ने नेकपाका मन्त्रीहरूका विगत चार महिना यताका गतिविधिहरू निरंकुश र अराजक छन् ।

अरु अराजक अभिव्यक्ति दिने मन्त्रीहरूलाई पनि हटाएर ओलीले नयाँ टिमलाई भित्र्याउनु पर्छ । होइन भने तामाङमाथि गरेको अन्याका रुपमा सबैले ब्याख्या गर्नेछन् ।

Comments

Top