साझा स्वार्थका लागि भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुग्दैछ : प्रचण्ड

nepalthikn

 काठमाडौं । ‘नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन २०१८’ काठमाडौंमा पहिलो पटक भएको छ । एसियन इन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशल अफेयर्स (एआइडीआइए)ले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिती रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताए ।

 अध्यक्ष प्रचण्डले साझा स्वार्थका लागि अघि बढाउन दुई देशबीच आफूहरुले प्रयत्न गरिरहेको बताए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने उल्लेख गरे।

 भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले नेपाल र भारतबीचको आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने उल्लेख गरे ।

 भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाली र भारतबीच अरुण तेश्रो परियोजना र वीरगञ्जको संयुक्त चेकजाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने बताए। कार्यक्रममा एआइडीआइएका कार्यकारी निर्देशक सुनिल केसीले पहिलोपटक नेपालमा आयोजना गरिएको यो सम्मेलनले दुई देशबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने वताए ।सम्मेलनमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तक्रिया पनि भएको थियो ।

Comments

Top