आफ्नै देशका नागरिकलाई ठगी गर्ने चाईनीज पक्राउ

chinise

 काठमाडौं । महानगरीय अपराध महाशाखाले कामको शिलशिलामा नेपालमा रहेका एक चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा अर्का एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।

नेपालमा बाटो निर्माणमा चाइनीज प्रोजेक्टको ठेक्का सम्बन्धि काम गर्ने ज्याङजिन जिङ्कलाई ठगी गरेको आरोपमा अर्का चिनियाँ नागरिक जिङजिन योङलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । एसएसपी सिंहका अनुसार चीनको किंगहाई घर भएका योङले नक्कली सुनका टुक्रा देखाई जिङ्कलाई ठगी गरेका थिए ।

योङले आफूसँग एक वर्ष पूरानो बहुमूल्य धातु रहेको भनी प्रलोभनमा पारी जिङ्कलाई कालोपुल नजिक खोला किनारामा बोलाई उनको ९० लाख लिएर फरार भएका थिए । जिङ्कलाई ठगीमा अनुसन्धान गरी मुद्दा चलाइने एसएसपी सिंहले बताए ।

Comments

Top