ओलीले स्पष्टीकरण सोधेपछि नारायणकाजीले दिए पदबाट राजीनामा

narayankaji

 काठमाडौं । डा.गोबिन्द केसीलाई किन भेटेर सहयोग गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष ओलीले अनशनकारी डा.गोविन्द केसीलाई भेटेर श्रेष्ठले ऐक्यवद्धता जनाएको विषयमा चासो र चिन्ता जनाउँदै असन्तुष्टि जनाएका थिए ।

 ओलीको असन्तुष्टिपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका हुन । सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले ‘पार्टीमा कसैसँग सल्लाह नगरेर किन डा.केसीसँग भेट गर्नुभयो भन्दै स्पष्टीकरण सोधेका थिए । त्यसपछि श्रेष्ठले ओली समक्ष राजीनामा बुझाएका थिए ।

ओलीको मौखिक स्पष्टीकरणबाट रिसाएका श्रेष्ठले प्रवक्ता पद आफ्ना लागि उपयुक्त नभएको भन्दै निकटका नेताहरूसँग गुनासो गरेका छन् ।

 

Comments

Top