भारतले जासुसीका लागि विराटनगरमा खडा गरेको क्याम्प बन्द

bharatiya

 काठमाडौँ । १० वर्षअघि अनुमतिविनै भारतले विराटनगरमा जासुसीका लागि खडा गरेको  क्याम्प बुधबारदेखि बन्द भएको छ । भारतीय दुतावासले प्रेस विज्ञप्ति जारी गरेर बुधबारदेखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जानकारी गराएको हो ।

 सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो ।  परराष्ट्र मन्त्रालयले यसअघि क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुराकानी गरेका थिए ।

 भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषयले स्थान पाएको थियो । भारतीय क्याम्पबाट जासुसी गर्ने काम भइरहेको नेपाली अधिकारीहरुको गुनासो थियो ।

 यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ भए पनि बन्द भएको भनेर वताएको छैन ।

Comments

Top