एक दिवसीय क्रिकेटमा नेपाललाई सफलता

ekdibasiya

 काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एकदिवसीय क्रिकेटमा फिल्डिङ गरिरहेको नेपालले सफलता हासिल गरेको छ । कप्तान पारस खड्का र तीब्र गतिका बलर सोमपाल कामीले समान–समान २–२ विकेट लिए । सोमपालले एक मेडन समेत राखे ।

 सन्दिप लामिछानेले १ विकेट लिए । कप्तान पारस खड्काले वेल्सी वारेसीलाई आउट गर्दै टोलीलाई चोथो सफलता दिलाए । पाँचो सफलता भने सोमपालले नै दिलाए ।
बुधबारको खेलमा नेदरल्याण्डका लागि महत्वपूर्ण प्रदर्शन गर्नसक्ने आँकलन गरिएको बारेसीलाई कप्तान खड्काले १२ रनमै पेभेलियनको बाटो देखाएका हुन् ।
यसअघि सोमपाल कामीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट दिलाएका थिए । सन्दीप लामिछानेले पनि स्टेफिन मिवर्घलाई २९ रनमा आउट गरेका थिए ।

Comments

Top