सेनामा नक्कली सामानको तेह्र करोड भुक्तानी, ठगीमा मुछिएका घिसिङ्ग मालामाल

rabindra and chandra

   काठमाडौं । नेपाली सेनाभित्र १३ करोड ठेक्काको नक्कली सामानको भुक्तानी काण्डले तहल्का मच्चिएको छ । निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पुत्र अभिषेक क्षेत्रीले ठेकेदार चन्द्र घिसिङसँग सेटिङ मिलाई नक्कली सामानको १३ करोड भुक्तानी गराएर झन्डै ५ करोड कमिसन हात पारेको स्रोतको दाबी छ ।

३ करोडको नक्कली खरिदलाई सम्भार रथी विभागका तत्कालिन उपरथी(जर्नेल) दीपक भारतीले रोकेका थिए । भारतीले १३ करोडको खरिद ठेक्कामा नक्कली सामान सप्लाई गरिएको पत्ता लगाएका थिए । तर, अन्तिममा भारतीले अबकास पाएपछि प्रधानसेनापति पुत्र अभिशेक र घिसिङ्गबीच कमिशनमा कुरा मिलेपछि भुक्तानी गरिएको सैनिक स्रोतले बतायो ।

नेपाली सेनाको शान्ति मिशनका लागि खरिद गरिएको ४ लाख १६ हजार मिटर चुस्ता गुणस्तरहीन नक्कली सप्लाई गरिएको अनुसन्धानका क्रममा खुलेको थियो । उक्त चुस्ता ठेकेदारले दिएको नमुनाभन्दा बेग्लै ‘डुप्लिकेट’ कपडा सप्लाई भएको तथ्य भारतीले फेला पारेका थिए । कर्णेल निरञ्जन बस्नेतको सेटिङमा घिसिङ्ग एण्ड घिसिङ्ग डेभ्लपर्सका मालिक चन्द्र घिसिङ्गले उक्त चुस्ताको ठेक्का १३ करोडमा पाएका थिए ।

तत्कालीन सहायक रथी रमेश महत, कर्णेल निरञ्जन बस्नेत, कर्णेल प्रकाश लामिछाने, लेखापाल मणिराम केसीहरूको मिलेमतोमा सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर मिलेमतोमा घिसिङ्गको कम्पनीलाई ठेक्का दिलाइएको थियो । नक्कली चुस्ता ठेक्का दिंदा पचास प्रतिशतसम्म कमिशनको ‘डिल’ भएको ठेकेदारले त्यही मिलेमतोको आधारमा नक्कली चुस्ता सप्लाई गरेको फेला परेको थियो ।

यता, सम्भाररथी भएर कमाउनै नपाई भारतीले अवकाश पाएका छन् । उनले ६ महिना पनि उक्त विभागमा काम गर्न पाएनन् । म्याद थप हुनेमा ढुक्क रहन आश्वसन दिएका भारतीलाई अन्तिममा क्षेत्रीले नै धोका दिए ।

राज्यको ढुकुटीबाट १३ करोड त डुब्यो नै, शान्ति मिशनमा खटिएको सकल दर्जाले समेत समयमै चुस्ता नपाएर पुराना र थोत्रा चुस्तामा डिउटी गर्नु परिरहेको छ । तर, यो १३ करोडको नक्कली चुस्ता प्रधानसेनापति राजेन्द्र क्षेत्रीका छोराको दबाबमा भुक्तानी गराएपछि सेनामा भुइचालो गएको छ ।

प्रधानसेनापति छँदा यस्तै नक्कली खरिद र टेण्डरबाट करोडौं कमाएका क्षेत्रीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको खण्डमा उनले भ्रष्टाचार गरेको प्रमाणित हुने सैनिक स्रोत बताउँछ ।

सेनाभित्रको भ्रष्टाचार अख्तियारले हेर्न नपाउने भए पनि पदबाट अवकाश पाएका क्षेत्रीको अवैध अकुत सम्पत्तिमाथि अख्तियारले सम्पत्ति सुद्दिकरण विभागसँग मिलेर छानविन गर्न भने पाउँछ । भ्रष्टाचार गरेर कमाएको पैसाबाट क्षेत्री र उनका छोरा अभिषेशकले काठमाडौंको दरबारमार्ग, धुम्बाराहीलगायतका स्थानहरुमा २० करोड भन्दा बढि मूल्य जग्गा खरिद गरेको स्रोतको दावी छ । 

अर्कोतिर नक्कली चुस्ता सप्लाई गर्ने ठेकेदार घिसिङ्गले सेनामा सामान खरिदका लागि आफुले टेन्डर पारेको र ठूलो कमिशन आउने लोभ देखाएर आफ्नै नजिकका व्यापारी र एक मेनपावर व्यवसायीबाट करोडौं ठग्न सफल भएका छन् । घिसिङ्गले उनीहरुबाट लिएको ३ करोड रकम फिर्ता नगरेपछि उनकोे डेड करोड पर्ने प्राडो गाडी जफत गरेको स्रोत बताउँछ ।

Comments

Top