कांग्रेस शुभेच्छुकहरूमा उत्साह ?

nepali_congress

   नेपाली कांग्रेसले मंगलबार गरेको प्रदर्शनले शुभेच्छुकहरूमा उत्साह छाएको छ । निर्वाचनपछि मनोवल गिराएर बसेका कांग्रेस कार्यकर्ताहरूमा उर्जा थपिएको छ । अबका दिनमा कांग्रेसलाई क्रियाशील बनाउन यो प्रदर्शनले धेरै महत्व राख्नेछ । कम्युनिस्ट सरकारको हर्कतबाट आजित भएका कांग्रेस कार्यकर्ताले शक्ति प्रदर्शनबाट राहतको श्वास फेर्न पाएका छन् ।

नेपाली जनतालाई कम्युनिस्ट सरकारले हरेक ठाउँमा नाजायज रुपमा कर लगाएर दुःख पनि दिएको छ । त्यति मात्रै होइन अधिनायकवाद लागू गर्ने प्रयास गरेपछि बाध्य भएर कांग्रेसले सडक आन्दोलन गर्न पुगेको बताएको छ ।

कांग्रेसको यो प्रदर्शन अन्तिम होइन । आउने दिनमा प्रधानमन्त्री केपी ओलीको व्यवहारमा सुधार भएन भने कांग्रेसले यस्तो प्रदर्शनहरू झन् ठूलो बनाउदै लैजाने चेतावनी दिएको छ । त्यसबाट सरकारलाई समस्या आउन पनि सक्छ ।

त्यही भएर बेलैमा कम्युनिस्ट सरकारले आफूलाई सच्चाउनुपर्ने कांग्रेस पक्षको भनाई छ । सहमति र सहकार्यको राजनीतिलाई अंगाल्नुपर्छ । ओली सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सुझाव र सल्लाहलाई ग्रहण गर्नु नै उपयुक्त हुन्छ । होइन भने कम्युनिस्ट सत्ता आफै भड्खालोमा जानेमा दुई मत छैन ।

ओलीलाई गलत सल्लाह दिएकै कारण कम्युनिस्ट सरकार समस्यामा परेको भन्नेहरू धेरै छन् । ओली स्वयं पनि दुईतिहाईको सरकाको दम्भ पालेर बसेका छन् । ओलीको यो दम्भले कांग्रेसलाई फाइदा र कम्युनिस्ट सत्तालाई बेफाइदा भएको छ । फाइदा भयो भन्दैमा कांग्रेसले संघर्षलाई पनि केन्द्रमा राख्नु हुँदैन । निरंकुश हुन खोज्यो भने ओली सरकारलाई साइजमा राख्न कांग्रेसले अरु पनि विकल्प खोज्नुपर्छ ।

Comments

Top