नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

nepali cricket

   काठमाडौं । नेपाल एक दिवसीयको डेब्यू खेलमै नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले पराजय व्यहोरेको हो।

राम्रा ब्याट्मेनहरू ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए। अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो। बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो।

दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए। थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए। आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन्। बसन्त रेग्मी आउट पनि शुन्यमा आउँट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए। व्यक्तिगत ३३ रनमा आउट भएपछि नेपाल संकटमा पर्‍यो। त्यसपछि शक्ति गौचनले नटआउट ९ रन बनाउँदा सरद भेसवारक ४ र सन्दिप लामिछाने १ रनमा आउट भए।

Comments

Top