पेलेरै जाने नीतिमा ओली सरकार, कांग्रेसले अबरोध गर्दा पनि सांसद सुचारु

sansad nepali congress

  काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रमुख प्रतिपक्षी दललाई पेलेरै जाने अभियानमा लागेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको बैठक बहिस्कार गर्दा पनि सभामुख कृष्णबहादुर महराले संसद सुचारु नै गरे ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापासँग नियमावलीको नियम २१९ अनुसार प्रश्न सोध्ने समय दिन गरेको आग्रहलाई सभामुखले अस्वीकार गरेपछि कांग्रेसका सांसदहरु बैठक छोडेर निस्किएका थिए। कन्चनपुर घटनाबारे जानकारी गराएपछि प्रश्न सोध्न नदिई सभामुखले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई समय दिएका थिए। त्यसपछि पनि सभामुखले प्रश्न उत्तरको लागि समय नदिएपछि कांग्रेसका सांसदहरूले उभिएर नियमापत्ति गरे।

सांसद डा. मीनेन्द्र रिजालले प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा भएको व्यवस्थाअनुसार मन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न सोध्न सक्ने प्रावधान रहेको भन्दै सोहीबमोजिम समय उपलब्ध गराउन माग गरेका थिए। यस नियमावलीमा मन्त्रीसँग सार्वजनिक महत्वका विषयमा सवाल जवाफ गर्न पाइने भन्ने उल्लेख छ। रिजालले ‘सभामुख महोदय, यो स्वविवेकीय अधिकार होइन महोदय, प्रश्न सोध्न पाइन्छ भन्दा पनि सभामुख महराले नियमावलीको नियम १५ पढेर सुनाएका थिए। विशेष समय र शून्य समयमा उठेका प्रश्नको सवालमा मन्त्रीसँग प्रश्न उत्तरको व्यवस्था नभएको र गृहमन्त्रीको जवाफ नियम १५ अन्‍तर्गतको भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरेका थिए।
त्यसलगत्तै सभामुख महराले २०४८ सालमा आफूपनि सांसद रहेको तर जनमोर्चाले बैठक बहिष्कार गर्दा पनि कांग्रेसले बैठक जारी राखेको स्मरण गराएका थिए।

Comments

Top