जोशी अस्वीकृत हुनुका पाँच कारण

joshi sarbochha

   काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको दुई तिहाईले अस्वीकृतप गरेपछि दीपकराज जोशी प्रधानन्यायाधीश बन्नबाट बञ्चित भएका छन् । समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

समितिले दीपकराज जोशीलाई प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण खुलाएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो ।

यस्ता छन् पाँच कारण
१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।

joshi pattra

Comments

Top