धरौटी रकमको विषयमा म्यानपावर व्यवशायीहरुको चर्को असन्तुष्टि

bideshi

 काठमाडौं । मेनपावर व्यवशायीहरुले सरकारले ल्याउन लागेको नयाँ विद्येयकबाते आपत्ति जनाएका छन्  ।  नयाँ विद्येयकमार्फत  वैदेशिक रोजगार कम्पनीमाथि अंकुश लगाउन आरोप लगाउँदै व्यवशायीहरु असन्तुष्ट बनेका छन् ।

सरकारले प्रस्ताव गरेको नयाँ विद्येयकमा रहेको धरौटी रकमको सिमाका विषयमा व्यवशायीहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ विद्येयकमा सरकारले कम्पनीको धरौटी रकम ६ करोड हुनुपर्ने भनेको छ । २ कारोड नगद र ४ करोड बैंक धरौटी देखाउनुपर्ने नयाँ विद्येयकमा उल्लेख छ ।

कम्पनी खोल्न लाग्ने धरौटी रकम बढाएर सरकारले म्यानपावर कम्पनीलाई धरासायी बनाउन खोजेको व्यवशायीहरुको आरोप छ । उनीहरुले सरकारले आफूहरुसँग छलफल नै नगरी विद्येयक ल्याएको आरोप लगाएका छन् । हचुवाका भरमा सरकारले गरेको प्रस्ताव आफूहरुले नमान्ने व्यवशायीहरुको अडान छ ।

विद्येयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने व्यवशायीहरुले चेतावनी दिएका छन् । हाल मुलुकभर १ हजार ४ सय भन्दा बढी म्यान पावर व्यवसाय सञ्चालनमा रहेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भने व्यवसायीलाई थप जिम्मेबार र क्षेत्रलाई भरपर्दो बनाउन आफुले पछिल्लो विद्येयक प्रस्तुत गरेको बताएका छन् ।

Comments

Top