पहिरोले जाजरकोटमा पुरिएर ८ जनाको मृत्यु

jajarkot

 काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोले जाजरकोटमा पुरिएर ८ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ८ जनाको मृत्यु भएको हो ।

 गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ८ जनाको मृत्यु भएपनि मृतकहरुको सनाखत भएको छैन । जाजरकोटका प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ ।

 लालबहादुर द्वारको सकुशल उद्दार गरिएको उनले बताए ।उनकी श्रीमति र बच्चाको भने ज्यान गएको उनले बताए । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।

Comments

Top