सबैभन्दा बढी कर तिर्ने एनसेल बन्यो सबैभन्दा बढी लाभकर छल्ने कम्पनी

nceel

 काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सबैभन्दा बढी कर तिरेको तथ्य बाहिर आएको छ। आर्थिक वर्ष २०७४र०७५ मा एनसेलले सरकारलाई १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ  । नेपाल टेलिकम भने नौ अर्ब ९६ करोड तिरेर धेरै कर तिर्ने कम्पनी बनेको मा दोश्रो बनेको तथ्य कर कार्यालयको छ   ।

 आर्थिक वर्ष २०७४/ ७५ मा ठूला करदाता कार्यालयले एक खर्ब ४८ अर्ब ७५ करोड कर संकलन गरेको जनाएको छ  । अचम्म त के छ भने सबैभन्दा बढी लाभकर छल्ने कम्पनी पनि एनसेल हो। आँफैले ६५ अर्ब लाभकर निर्धारण गरेर पनि कर कार्यालयले एनसेलबाट उक्त रकम उठाउन सकेको छैन ।

 सरकारलाई तिर्नुपर्ने राजस्व नतिर भनेर न्यायालयले अन्तरिम आदेश दिएका कारण ६५ अर्ब राजस्व असुलीमा बाधा पुगेको छ । जुन काण्ड संसदिय सुनुवाई बिशेष समितीमा पनि प्रवेस पाएको थियो । एनसेलको लाभकर नउठाउन आदेश गर्ने भने वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र हुन । 

Comments

Top