बुधबारबाट मौसममा सुधार

mausam

   काठमाडौं । गएरातीबाट मुलुकभार पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको छ । बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी पर्दा कतिपय स्थान डुबानमा परेका छन् भने राजधानी बाहिर पनि बाढि र पहिरोको जोखिम कायमै छ ।

आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन् ।

मौसमविद समीर श्रेष्ठका अनुसार मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने उनले जानकारी दिए । तर, बदलीको अवस्था र हल्का पानी पर्ने क्रम जारी रहने उनले बताए ।

Comments

Top