काठमाडौंमा बच्चा अपहरण गरी फिरौती माग

kidnap

काठमाडौं । काठमाडौं काँडाघारीका ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेको  प्रहरीले आशंका गरेको छ  । स्थानीय चमेली खड्काको छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ बार्गेनिङ गरी ४० लाख फिरौती माग गरेको चमेलीले प्रहरीलाई जानकारी गराएकी छन् । 

 घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठलगायत घटनास्थलमा खटिएका छन् । बालकको खोजीका लागि घटना अनुसन्धान अघि बढिसकेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा महानगरिय अपराध महाशाखाले पनि अनुसन्धान थालेको छ । 

Comments

Top