अपहरणमा परेका बालक खड्काको हत्या, दुई अपहरणकारीको इन्काउन्टरमा मृत्‍यु

images

 काठमाडौँ । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ  । आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकलाई एक  घरको पछाडि खाल्डोमा गाडिएको अबस्थामा प्रहरीले फेला पारेको छ  ।

 महानगरीय  अपराध  महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव ठिमीमा भेटिएको पुष्टि गरे । साथै अपहरणकारीहरु अजय तामाङ र गोपाल तामाङमाथि प्रहरीले गोली चलाउंदा उनीहरुको पनि मृत्‍यु भएको छ  ।  पिछा गर्ने क्रममा प्रहरीमाथि नै अपहरणकारीले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । 

उनीहरुले परिवारसँग करोडौं रुपैयाँ बार्गेनिङ गरी ४० लाख फिरौती माग गरेका थिए । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान हुँदै छ ।

Comments

Top