विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ

prakanda

   काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन्। स्थानीय तहको निर्वाचनमा चन्दा संकलन तथा विस्फोटनलगायतका घटना गराएको आरोपमा उनलाई पक्राउ गरिएको स्रोतको दावी छ । चन्द नेतृत्वको पार्टी माओवादीे चुनाव समेत बहिस्कार गरेका थिए।

केन्द्रीय सदस्य आजाद केसी पक्राउ परेको भोलिपल्टै प्रकाण्ड आज पक्राउ परेका हुन् । केसी हिलो भक्तपुरबाट पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि नागढुंगाबाट पक्राउ परेका थिए।
२०७० पुसमा मोहन वैद्य ‘किरण’ नेतृत्वको तत्कालीन माओवादीबाट फुटेको विप्लव नेतृत्वको नेकपा भुमिगत रहँदै आएको थियो ।

Comments

Top