प्रकाण्डमाथि ७ करोड चन्दा असुलेको आरोप, ५ दिन थुनामा राख्ने अनुमति

prakanda pakrau

   काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाण्डले विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा–४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य छन् । चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Comments

Top