कांग्रेसले रचनात्मक भूमिका निभाउनु पर्छ

nepali congress

  तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णयहरू धमाधम खारेजी गरिदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयमाथि पनि धावा बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । ओलीले स्वतन्त्र न्यायालयको गरिमामाथि ठेस पु¥याएको कांग्रेसको आरोप छ ।

कांग्रेस मात्रै होइन संविधान र लोकतन्त्रमाथि विश्वास गर्ने नागरिकहरूले ओली सरकारले गरेका निर्णयहरूको विरोध गरिरहेका छन् । उनीहरूले अदालतमा हात हालेर सिस्टम विगारेको भन्दै सरकारलाई सुध्रिन दवाव दिइरहेका छन् । कांग्रेसले सरकारलाई सुध्रिनका लागि भन्दै दवाव दिन सडक र सदनमा आन्दोलन गरिसकेको छ ।

कांग्रेसको पछिल्लो कार्यशैलीका कारण झस्किएका प्रधानमन्त्री ओली नरम बनेका छन् । कांग्रेसले आफूलाई संयम बनाएर सडक र सदन आन्दोलन ग¥यो । तर, कांग्रेसको संयमतालाई सरकारले कमजोरीका रुपमा लिएको कांग्रेस नेताहरुको आरोप छ । अझै पनि ओली नेतृत्वको सरकार सुध्रिने अवस्थामा नआएमा कांग्रेस बाध्य भएर सडक र सदन दुबै तताउने रणनीतिमा पुगेको छ ।

देश र जनताको पक्षमा सधै सचेत रहेर नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्नुपर्छ । सरकारले संविधान र लोकतन्त्रभित्र रहेर काम गर्नुपर्छ र प्रतिपक्षीले पनि राम्रा कामलाई समर्थन गर्न सक्नुपर्छ । सरकारले पनि दुईतिहाई बहुमतको दम्भ नदेखाई मिलेर जाने नीति अँगाल्नु पर्छ ।

Comments

Top