‘द ब्रेकअप’का निर्माताहरुको ब्रेकअप

the-breakup Movi

  काठमाडौं । नेपाली फिल्म ‘द ब्रेकअप’ निर्माण अगाडिदेखि नै लफडामा परेको छ । विवादका कारण १ वर्ष चलचित्रको छायांकन हुन सकेन । चलचित्रको छायांकन जसोतसो सुरु भएको छ । नेपालमा छायांकन सकेर यसको निर्माणपक्ष अष्ट्रेलिया पनि पुग्यो ।

अष्ट्रेलियामा छायांकन सकेर नेपाल फर्किएपछि निर्मातामध्येका एक रोहित अधिकारीले आफूले फिल्म निर्माणबाट हात झिकेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘द ब्रेकअपको निर्माणबाट रोहित अधिकारी फिल्मस् बाहिरिएको छ ।

अब चलचित्रको सम्पूर्ण कामहरू साझेदारी कम्पनी ह्याप्पी प्लानेटले गर्नेछ । चलचित्रको सम्पूर्ण पोष्टर तथा प्रचार सामाग्रीमा मेरो र कम्पनीको नाम उल्लेख नगरिदिनुहुन मिडियाकर्मीहरूलाई अनुरोध गर्दछु ।’ रोहितले निर्देशक हेमराज विसीसँगको असमझदारीका कारण आफूले चलचित्र छाडेको बताएका छन् ।

चलचित्रमा रोहित अधिकारी फिल्मसले गरेको लगानी फिर्ता गर्ने र ब्यानर हस्तान्तरण गर्ने काम भैरहेको रोहित अधिकारीले बताए । आशिरमान देशराज जोशी र शिल्पा मास्केको यो चलचित्रमा मुख्य भूमिका छ ।

 

Comments

Top