न्याम्सको उपकुलपति सिफारिसका लागि समिति गठन

bir hospital

  काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदमा योग्य व्यक्ति सिफारिसका लागि समिति गठन गरिएको छ । सोहि समितिले नै योग्य व्यक्तिलाई न्याम्सको उपकुलपतिका लागि सिफारिस गर्नेछ । न्याम्सका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै विहिबार सिफारिश समिति बनाएका हुन् ।

उपप्रधान तथा स्वास्थ्य मत्री एवम् न्याम्स का सहकुलपति उपेन्द्र यादव को संयोजकत्वमा तीन सदस्सीय समिति गठन भएको छ । समितिमा स्वास्थ्य मन्त्रालयका बिज्ञ डा. सुशील प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा रहेका छन् । समितिले सिफारि गरेको नाममध्ये कुलपति एवम् प्रधानमन्त्री ओलीले उपकुलपतिको नियुक्ति गर्ने छन् ।

उपकुलपतिको पद हत्याउन लागि वीर अस्पतालका डा .सिताराम चौधरी, डा. श्रीकृष्ण गिरी, डा. जागेश्वर गौतम, डा. भगवान कोईराला र डा. डिएन शाह लागि परेका छन् । त्यसैगरी रजिस्टारमा मेडिकल काउन्सिलका रजिस्टार एवम् प्रधानमन्त्रीका निजी डाक्टर दिलिप शर्माले चलखेल शुरु गरेका छन् भने निर्देशकमा डा. भुपेंद्र बस्नेत नै दोहोरीने सम्वाभना बढेर गएको छ ।

यसैबीच वीर अस्पतालका अधिकाश कर्मचारीहरूले तथा न्याम्सको आधिकारिक ट्रेड युनियनले विहिबार नै स्वास्थ्य मन्त्री यादवलाई भेटेर पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवाको कर्मचारी एव शिक्षक मध्यबाट नियुक्ति गर्ने माग गरेका छन् ।

यूनियनले भ्रष्टाचारमा मुछिएका वर्तमान उपकुलपति डा. गणेश गुरुङ पनि पुनः उपकुलपति बन्न खोजिरहेको भन्दै उनलाई रोक्न स्वास्थ्य मन्त्रीसँग आग्रह गरेको स्रोतको भनाई छ । वीरलाई लथालिंग बनाएका गुरुङ पुनः पदमा दोहोरिएमा वीरमा कुनै पनि सुधान नहुने उनीहरुको भनई छ । उनीहरुले स्वास्थ्यमन्त्रीसँग विरामीलाई सहज र सरल तरिकाले उपचार दिन ट्रमा सेन्टरलाई व्यवस्थित गर्न पनि आग्रह गरेका थिए । डा. गुरुङले ट्रमालाई अखडा बनाएको र नर्सिङ होम भन्दा महंगो बनाएको उनीहरुले आरोप लगाएका छन् ।

Comments

Top