ऊर्जा सहकार्यमा नेपाल र बंगलादेशबीच सम्झौता

nepal and bangaladesh

  काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरेका हुन् ।

समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन्।

समझदारीमा हस्ताक्षरपछि बोल्दै बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरे । उनले भारतहुँदैआफ्नो देशमा ऊर्जा भित्र्याउन भारतीय पक्षसँग छलफल गर्ने बताए । उनले आगामी बिमस्टेक बैठकमा बंगलादेशले उक्त प्रस्ताव राख्ने पनि बताए ।

ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने र त्यसैले यसबारे औपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइने जानकारी गराए ।

नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ। नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।

 

Comments

Top