आफ्नै नेतामाथि गृहमन्त्रीको यस्तो आक्रोश

ram bahadur thapa

   चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् ।शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए ।

नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने–‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’ प्रकाण्ड तिनै व्यक्ति हुन् जो पहिले बादलकै पार्टीमा थिए ।

बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हतकडी लाग्यो नि ? भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने–‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’

Comments

Top