प्रविधिको दुरुप्रयोग गरी अमेरीकाको भिसा लगाईदिने भन्दै ठगी गर्ने पक्राउ

thagin

 काठमाडौं । प्रविधिको दुरुप्रयोग गरी अमेरीकाको भिसा लगाईदिने र अमेरीकन एम्बेसीबाट प्रोजेक्टको नाममा आएको रकमहरु निकासा गरिदिने प्रलोभन देखाई ठगी गर्ने व्यक्तिलाई केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी)ले पक्राउ गरेको छ । डिल्लीबजार घर भइ जि.काठमाडौं,गोकर्णेश्वर बस्ने वर्ष प्रशन्न खातीले आफू अमेरीकाको डिस्कोभरी च्यानलको कर्मचारी भएको भन्दै फेक आइडी बनाएर  पिडितहरूलाई ठगी गरेको खुलेको छ । नक्कली  कागजात बनाएर बिभिन्न  ठगि गरेको अभियोगमा खातीलाई सिआईबीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

सिआईबीको अनुसन्धानबाट खुलेका कुराहरु 

- खातीले पीडितलाई सामाजिक संजाल फेसबुकबाट साथी बनाई discovery channel को कर्मचारीको झुठो आवरणमा बिभिन्न प्रलोभनहरू देखाई अमेरीकाको भिसा लगाइदिन्छु भनि आफ्नो मोबाइलमा Fake visa लागेको देखाई पटक-पटक गरि बिभिन्न प्रक्रियागत खर्चको नाममा बीस लाख लिएको पिडितले बताएको ।

- पीडितले प्रशन्न खातीलाई चिनजान गराईदिएका अर्का पिडितलाई समेत निजले अमेरीकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट संचालनको लागी रकम निकासा गर्न सकिन्छ भनि प्रलोभन देखाई पटक पटक गरी पच्चीस लाख ठगी गरेकोपीडितले बताएको ।

- आफ्नो राम्रो चिनजान भएकोले अमेरीकन एम्बेसी अन्तर्गत रहेको THE CARTER CENTRE NEPAL FOUNDATION ON 2004 अन्तर्गतको कार्यक्रममा १०,००,०१०/- अमेरिकी डलर (अ. ११ करोड ने.रु.) रहेको र सो रकम आफूले निकाशा गराउन सक्ने भनि विश्वास दिलाएको देखिएको ।

-बिभिन्न बैंक तथा संस्थाहरुको नक्कली Stamp हरू बनाई प्रयोग गर्ने गरेको पाईएको ।

विभिन्न Prank apps को मद्दतबाट Fake Barcode (QR code) generate गरी, Fake ID Card बनाई, विभिन्न देशका VISA को नक्कली कागजात बनाउने, Fake Bank statement तयार गर्ने र उच्च पदस्थ विदेशी Diplomats को Fake Email ID समेत बनाई प्रविधिको दुरुपयोग गरी रकम ठगी गरेको ।

-डलर तथा पाउण्डस्टर्लिङको नोटको साइजमा रहेको कागज जस्तो देखिने कालो रङको बस्तु (कथित Black Dollar) लाई केमिकलको सहायतामा डलर तथा पाउण्डस्टर्लिङमा परिवर्तन गर्न सकिन्छ भनेर ठगी गर्ने योजना समेत बनाएको पाईएको ।
- पिडितहरूबाट प्राप्त निवेदन तथा सूचनाहरूलाई अध्ययन गरी पक्राउ गरि थप अनुसन्धान गर्नु पर्ने देखिएका पिडक प्रशन्न खातीलाई सोहि दिन मिति २०७५/०४/२३ गते जि.काठमाडौं,गोकर्णेश्वर न.पा.-६, माकलबारीबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौबाट ठगी मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।
- साथै निजले"विधुतीय कारोवार ऐन, २०६३" अनुसारको कसुर समेत गरेको पाईएकोले  अदालतबाट म्याद लिई थप अनुसन्धान गरिने ।

सिआईबीको अपिल:

- -प्रविधिहरुको दुरुपयोग गरी ठगीमा संलग्न व्यक्तिहरुले Bar Code, QR Code, Bank Statement, बिभिन्न ID Card, Diplomats तथा उच्च पदस्त पदाधिकारीहरुको E-mail ID जस्तै देखिने ID तयार गरि ठगी गरिरहेको पाईएकोले त्यसतर्फ सम्पूर्ण व्यक्ति तथा समूदाय सचेत रहन सिआईबीले अपिल गरेको छ  ।
- सिआईबीले डलरको साइजमा काटिएको कालो रंगको कागजलाई कथित ब्ल्याक डलर को नाम दिने र त्यसलाई केमिकलको सहायतामा डलर बनाउन सकिन्छ भनि विभिन्न प्रलोभनमा पार्ने र केमिकल खरिद गर्न भनि रकम ठग्ने समूहहरु समेत सकृय रहेको तर्फ समेत सचेत रहन अपिल गरेको छ ।

 

Comments

Top