सडकमा दूध पोखेर डिडिसीको विरोध गर्दै किसानहरु

kishan

   काठमाडौं । कर मात्रै बढाएर जनताको ढाड सेकेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दूधको समेत मूल्य घटाएर किसानहरुको पिठ्युमा समेत लात हानेको छ । दुधको मूल्य घटाएको विरोधमा बाराको जीतपुरस्मिरा उपमहानगरपालिकाका किसानले सडकमा दुध पोखेर बिरोध जनाएका छन् । बुधबार विहान जीतपुरसिमरा उपमहानगरपालिका १८ मनहर्वाका किसानहरुले सरकारको विरोध गर्दैसडकमा दूध पोखेका हुन् ।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्द्रमा आवद्ध १५० बढी किसानहरुले मानमत(कलैया सडकखण्डको मोती चोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्ध उत्पादकहरुलाई दिँदै आएको (टीएसस) टोटल सोलिड कमिसनमा कटौती गरेपछि विरुद्धमा किसानहरु आन्दोलित भएका हुन् ।

उक्त निर्णयबाट दूध उत्पादक किसानलाई ३ रुपैयाँसम्म प्रतिलिटरमा मर्का परेको भन्दै गत शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बैठकले आन्दोलनको घोषण गरेको हो ।
दूग्ध किसानहरुले सरकारले अविलम्ब किसानका माग सम्बोधन गर्दै दूधको मूल्यवृद्धि नगरे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

Comments

Top