करको बहानामा अराजकता

vat

  मुलुकमा संघीयता आएपछि जनताले सहज रुपमा सेवा पाउनेछन् भनेर सोचेका थिए । सिंहदरबारको अधिकार गाउँमा पुग्छ भनिएको थियो । सिंहदरबारको अधिकार गाउँमा पुग्यो, तर व्याजसहित । केन्द्र, प्रदेश र स्थानीय तहले लगाएको करले जनताको ढाड सेकिएको छ । जनप्रतिनिधिहरूले जथाभावी रुपमा कर उठाएका छन् । धमाधम कर उठाउने निर्णयहरू गरेका छन् ।

साधारण कुरामा पनि कर लिइएको छ । जन्म, मृत्यु, भैंसी, गाई र बाख्रामा समेत कर लगाउन शुरु भएको छ । त्यति मात्रै होइन, संघीयताका नाममा साइकलमा पनि कर उठाउन थालिएको छ । जनताले सजिलो होला भनेर जिताएका जनप्रतिनिधिले नै यसरी कर उठाउन थालेपछि धेरैको होसहवास उडेको छ ।करको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन र धर्ना भएका छन् ।

नेकपा नेतृत्वको सरकारले बाँडेका सपनाहरूले धेरैको घरमा उजाड ल्याएको छ । यसरी जाने हो भने जनताले भोकभोकै मनुपर्ने दिन नआउला भन्न सकिँदैन । यतिसम्मकी मान्छे जन्मदा र मर्दा दर्ता गर्दा पनि ठूलो रकम कर तिर्नुपर्छ । यो तहसम्मको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

कर उठाउने बहानामा भएका यस्ता खालका अराजकताले जनतामा संघीयता विरोधी भावनाको विजारापण गर्नेछ । समयमा सत्तापक्षले ध्यन दिनुपर्छ । सत्तापक्षले ध्यान दिँदैन भने प्रतिपक्षले आवाज उठाउनु पर्छ । जनताको आवाज उठाउने भनेको प्रतिपक्ष हो । त्यो भनेको नेपाली कांग्रेसले आवाज उठाउनु पर्छ ।

करका नाममा भएका जथाभावी निर्णय र कार्यक्रमहरूलाई समयमा अबरोध गर्नुपर्छ । कर उठाएर बिलासिताका गाडी चढ्ने, तलव भत्ता खाने, सचिवालय राख्ने जस्ता कार्यले जनताको घरमा चुल्हो बल्दैन । जनप्रतिनिधिहरूले पनि यो विषयलाई ध्यान दिनै पर्छ ।

Comments

Top