टावरमा आगजनी गरेको अभियोगमा पुनः पक्राउ परे प्रकाण्ड

prakanda pakrau

   काठमाडौं । प्रहरीले सर्वोच्च अदालतले रिहाई गर्न आदेश दिए लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्चले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका प्रकाण्डलाई महानगरीय प्रहरी परिसरले त्यहि नै पक्राउ गरेको हो ।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो।
काभ्रेमा रहेको मोवाइलको टावरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। उनले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ। २०७० पुसमा मोहन वैद्य किरण समूहको नेकपा–माओवादीबाट फुटेको थियो विप्लव समूह भूमिगत रहँदै आएको छ ।

Comments

Top