ओलीको विशेष सम्बोधन बहिष्कार गरेर दोहोरो चरित्र देखायो राजपाले

rajapa

 काठमाडौं । प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे ।  राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे । राजपा सांसद  डा .उपेन्द्र महतो, गौरीनारायण साह र बिक्की यादवले सम्बोधन बहिष्कार गरेका थिए । उनीहरूले बहिष्कार गर्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र महतोलाई सभामुख कार्यकक्षमा बोलाएर छलफल गरेका थिए ।

तर, संविधान संशोधन नभएको र राजपाका नेताहरूमाथि लागेको राजनीतिक मुद्दा फिर्ता नभएको अवस्थामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य नभएको उनीहरूले जवाफ दिएका थिए ।

यसअघि संसदीय दलका नेता सोनलले पनि प्रधानमन्त्रीको भाषण बहिष्कार नगर्न भनेका थिए । उनले भाषण सुन्न नचाहने सांसदले प्रदेश सभामा नआउन आग्रह गरेको एक सांसदले बताए ।

राजपाका दुई मन्त्री जितेन्द्र सोनल, रामनरेश रायसहित केही सांसद मात्र प्रदेश सभामा उपस्थित थिए । समाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्रीहरू डिम्पल झा, सुरेश मण्डल, अभिराम शर्मा, राजपा सचेतक परमेश्वर साहलगायत बैठकमा सहभागी भएनन् ।

जति मूल्यको खरिद गर्नुस्, नयाँ जुत्ता सुरुमा अलि फिट नभएजस्तो लाग्छ । तर, पुरानो जस्तोसुकै भए पनि लगाउन सहज हुन्छ । संविधान संशोधन हुँदैन भनेर कहिल्यै भनेको छैन । यो अफवाह हो । म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिवर्तन हुँदैन कसरी भन्न सक्छु ?

Comments

Top