अन्डरवल्र्ड डन दाउदका सबैभन्दा नजिक मानिएका जबीर पक्राउ

jabir

   काठमाडौं । अन्डरवल्ड डन दाउद इब्राहिमका ‘राइट ह्याण्ड’ मानिने जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई र अफ्रिकी देशहरुमा दाउदका लागि लेनदेनको कारोवार गर्दै आएका थिए ।

दाउदलाई घेराबन्दीमा पार्नका लागि भारतले जबीर मोदीलाई पक्राउ गर्न अपिल गर्दै आएको थियो । जबीरमाथि लागू औषध तस्करी, फिरौती एवं अन्य थुप्रै अपराध गरेको आरोप छ । जबीरको साथबाट पाकिस्तानी पासपोर्ट फेला परेको छ । यसमा कराँचीको ठेगाना राखिएको छ । पाकिस्तानको कराँचीमा रहँदै आएको दाउदलाई भारतले सन् १९९३ को मुम्बई बमकाण्डका मुख्य नाइके मान्दै आइएको छ ।

 

Comments

Top