सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गरौं : प्रधानमन्त्री ओली

kp oli

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । तर, उनले सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तव्यको पनि ख्याल गर्न पनि आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्– ‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउछु ।’

प्रधानमन्त्री ओलीले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् ।

Comments

Top